Book- Mahayana Boudhdhhadarsha
Writer- Narayan Prasad Rijal
Category- Philosophy
Publisher: Alchemy Publications
Price: 6 hundren NPR inside Nepal, US$ 10 outside nepal
Description about the book:
We are never tired of saying that Buddha was born in Nepal. However, we are not well aware about Buddha's theory and philosophy. Even his sermons like Arya Satya and Dhammapada are not in Nepali language. Even to read those sermons, we have to learn Tibetan or Pali, else we need to look for its interpretation in Hindi and English. Tragically no book of "The light of the Asia" who was brought into the world in Nepal has been found in Nepali language.
Subsequently, to satisfy this need, “Vyom Kusuma Buddhist Association” from Bishalnagar has been playing a big role. Written by his great disciple Dharmadhar Narayan Prasad Rijal under the guidance of the first Nepali Rinpoche Garappujya Guru Vidadhar Mahayogi Shridhar Rana, Mahayana Bauddhadarsha was written in Nepali language to illuminate the deepest path shown by Buddha for attaining Nirvana which no one has been able to do previously. This book has come to the market for the overall readers, not only those who want salvation, but also those who want happiness and discover it, which is a matter of incredible delight.
भन्न त हामी बुद्ध नेपालमै जन्मिएका हुन् भनेर कहिल्यै थाक्दैनौं । तर बुद्धका देशना र दर्शन भने हामीलाई केही पनि थाहा छैन । कतिसम्म भने चार चार आर्यसत्य, धम्मपदजस्ता उहाँका उपदेशवाणी समेत पनि नेपाली भाषामा छैन । त्यो पढ्न परे हामीलाई कि तीब्बती वा पाली सिक्नु पर्छ, नभए त्यसको अनुवाद हिन्दी र अंग्रेजीमा खोज्नु पर्छ । नेपालमै जन्मेका संसारका ज्योतिको नेपालीमै कुनै पुस्तक नपाइनु खेदजनक कुरा हो ।
यो अभावलाई पूर्ती गर्न विशालनगरस्थित व्योम कुसुमा बुद्ध धर्म संघले ठूलो भूमिका निर्वाह गर्दै आएको छ । पहिलो नेपाली रिन्पोछे गरपपूज्य गुरु विदाधर महायोगी श्रीधर राणको निर्देशनमा उहाँका परम शिष्य धर्मधर नारायणप्रसाद रिजालले लेख्नु भएको प्रस्तुत पुस्तक महायानबौद्धादर्शले बुद्धले निर्वाण प्राप्तीका लागि देखाउनु भएको गहनतम मार्गलाई उजिल्याउने गरी नेपाली भाषामा लेख्नु भएको छ जो यसअघि कसैले गर्न सकेको थिएन । मोक्ष चाहने मात्र होइन, आनन्द चाहने र त्यसका अन्वेषक हरेकले पढ्नै पर्ने गरी यो पुस्तक बजारमा आम पाठकका लागि आएको छ जो निकै हर्षको कुरा हो ।
About the author:
Narayan Prasad Rijal, a professor of physics by profession, is a great scholar as well as Tapassi. Rijal, who is fluent in Sanskrit, English and Nepali, is adept at writing books in Nepali so that the general public can understand Buddhism. He additionally deciphered the Bodhisattva manifestation of Acharya Shantideva in a delightful manner and even composed an editorial on it in Nepali language.
पेशाले भौतिक विज्ञानका प्राध्यापक नारायणप्रसाद रिजाल प्रकाण्ड विद्धान र तपस्सी हुन् । संस्कृत, अंग्रेजी र नेपाली तीनै भाषाका ज्ञाता रिजाल बुद्ध धर्मलाई जन साधारणले बुझ्न गरी नपाली भाषामा पुस्तक लेख्न सिद्धहस्त छन् । आचार्य शान्तिदेवकृत बोधिचर्यावतारलाई बडो सुन्दर ढंगले अनुवाद गरी त्यसको भाष्यसमेत पनि लेखेका उनले बौद्धादर्श र महायानबौद्धादर्शजस्ता ग्रन्थ लेखेर नेपाली भाषालाई बुद्धको देशना दिने अतुलनीय महत्व पुण्यको काम गरेका छन् ।
E-mail: narijal@gmail.com